काठमाडौं, १७ कात्तिक। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो।
मूल्य बढेसँगै मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ। यससँगै चाँदीको मूल्य प्रतितोला ३ हजार ६७५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्यमा भने गिरावट आएको छ।




.gif)





.gif)
