images

२०८३ आश्विन २३ गते

images
images
images

सरकारलाई नेपाल राष्ट्र बैंकले बुझायो आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन

सरकारलाई नेपाल राष्ट्र बैंकले बुझायो आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझाएको छ । गभर्नर महाप्रसाद अधिकारीसहित डेपुटी गर्भनर बमबहादुर मिश्र र कार्यकारी निर्देशक डा.गुणाकर भट्टसहितको टोलिले आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटी बैंकको वार्षिक प्रतिवेदन बुझाएको हो । 

    images
    images

    राष्ट्र बैंक ऐन, २०४९ को दफा ९१ अनुसार प्रत्येक आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन चार महिनाभित्र नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम आइतबार प्रतिवेदन बुझाएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

    राष्ट्र बैंकले बुझाएको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मुलुकको कूल गार्हस्थ उत्पादन (जीडीपी) करिब ३.५४ प्रतिशतले बढेको अनुमान छ । राष्ट्रिय तथ्याङ्क कार्यालयलाई उद्धृत गर्दै राष्ट्र बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान रहेको बताएको छ। समीक्षा वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन ३.०५ प्रतिशतले र गैरकृषि क्षेत्रको उत्पादन ३.७५ प्रतिशतले बढेको अनुमान रहेको बैंकले जनाएको छ ।

    images
    images

    विश्व आर्थिक वृद्धिदर सन् २०२४ र २०२५ मा ३.२ प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) द्वारा २०२४ अक्टोबरमा प्रकाशित वल्र्ड इकोनोमी आउटलुकका अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२३ मा ३.३ प्रतिशत रहेको छ। सन् २०२४ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत रहने अनुमान छ। सन् २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ४.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ८.१ प्रतिशत रहेको थियो ।

    यसैगरी आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य रहेपनि समीक्षा वर्षमा यस्तो मुद्रास्फीति जम्मा ५.४४ प्रतिशत मात्र पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । 

    आर्थिक वर्ष २०८०/८१ मा कुल वस्तु निर्यातमा ३० प्रतिशतले कमी आई रु. १५२ अर्ब ३८ करोड र कुल वस्तु आयातमा १.२ प्रतिशतले कमी आई रु.१५९२ अर्ब ९९ करोड रहेको छ। समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले घटेर रु.१४४० अर्ब ६० करोड रहेको छ। यो कुल गार्हस्थ्य उत्पादनको २५.३ प्रतिशत हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend