images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुदैछ...

सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

images
images
आइतवार, कार्तिक १५ २०८३
आइतवार, कार्तिक १५ २०८३
  • काठमाडौं, १५ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले घटेको छ। शुक्रबार ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    images
    images

    एकैदिन सुन र चाँदी दुवैको मूल्य घटेपछि स्थानीय बजारमा बहुमूल्य धातुको कारोबार मूल्यमा गिरावट देखिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend