images

२०८३ आश्विन २३ गते

images
images
images

नबिल बैंक आठौँपटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित

नबिल बैंक आठौँपटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौं ।  नबिल बैंक यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंकले बैंक, वित्तीय संस्था र बीमा कारोबार क्षेत्रतर्फ अहिलेसम्म आठपटक यो सम्मान प्राप्त गर्न सफल भएको छ ।

    images
    images

    यो वर्ष अर्थात् आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रमका बीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरेका हुन् । उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मानपत्र लिएका हुन् ।

    नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थाहरूसहित विभिन्न विधाबाट सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को विवरणका आधारमा पनि नबिल बै्लेकले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend