images

२०८३ कार्तिक २९ गते

images
images
images
  • उर्जा
  • काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत्...

काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् अवरुद्ध हुने,

काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् अवरुद्ध हुने,

images
images
शुक्रवार, कार्तिक १३ २०८३
शुक्रवार, कार्तिक १३ २०८३
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।

    images
    images

    प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न फिडरमा भूमिगत विद्युत् लाइन विस्तारको काम गर्न लागिएको हो। सोही क्रममा आजदेखि कात्तिक २० गतेसम्म सम्बन्धित क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

    प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार आज बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ।

    images
    images

    त्यस्तै, कात्तिक १४ गते सीतापाइला फिडर अन्तर्गत कलंकी रिङरोड देखि स्युचाटार सबस्टेसनसम्म, कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डा सम्म विद्युत् अवरुद्ध हुनेछ।

    कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोड देखि स्युचाटार सबस्टेसनसम्म र कात्तिक १७ गते शंखमुल फिडर अन्तर्गत युएनपार्क देखि बिजुलीबजार सम्म विद्युत् कटौती गरिने प्राधिकरणले जनाएको छ।

    यसैगरी, कात्तिक १८ र २० गते सतुंगल फिडर अन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा र कात्तिक १९ गते स्युचाटार एसएस फिडर अन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

    प्राधिकरणले भूमिगत विद्युत् लाइन विस्तारको काम निर्धारित समयमै सम्पन्न गर्न विद्युत् कटौती गर्नुपरेको जनाएको छ। साथै, मौसम प्रतिकूल भएमा तोकिएको कार्यतालिका परिवर्तन वा रद्द हुन सक्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ।

    Nea notice.png

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend