images

२०८३ आश्विन २३ गते

images
images
images

साढे दुई अर्ब बजेटमा ७ लाख ३६ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य

साढे दुई अर्ब बजेटमा ७ लाख ३६ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म ३७ हजार क्विन्टल धान खरिद गरेको जनाएको छ । यो वर्ष कम्पनीले ७ लाख ३६ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको छ । जसका लागि २ अर्ब ५६ करोड बजेट छुट्याइएको छ ।

    images
    images

    खाद्य कम्पनीका १३ वटा  कार्यालयबाट देशैभर २५  जिल्लाका किसान र कृषि सहकारीबाट धान खरिद गरिने कम्पनीका खरिद विभाग प्रमुख  अनन्तराज पौडेलले जानकारी दिए । 

    उनका अनुसार यी कार्यालयले स्थानीय सरकारसँग समन्वय गरेर धान खरिद गरिने भएको छ । पोखरामा जेठोबुढो धान र जुम्लामा मार्सी धान र बाँकी २३ जिल्लाबाट मोटा र मध्यम जातको धान खरिद गरिने छ । 

    images
    images

    यस्तै यो वर्ष कम्पनीले मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १०.५१ रुपैयाँ निर्धारण गरेको छ । यस्तै, मध्यम धानको प्रतिक्विन्टल ३ हजार ५ सय ८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend