images

२०८३ आश्विन २३ गते

images
images
images

सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम सम्मानित

सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम सम्मानित

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौँ । नेपाल टेलिकम सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएकाले नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट नेपाल टेलिकमलाई सम्मान पत्र प्रदान गरिएको छ । 

    images
    images

    गत शनिबार राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमबीच टेलिकमलाई उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन् ।

    नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सो सम्मान ग्रहण गरिन् । आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । 

    images
    images

    सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ । सो अवसरमा नेपाल टेलिकमसहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरिएको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend