images

२०८३ कार्तिक १४ गते

images
images
images

कामना सेवा विकास बैंकले देशभर बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

कामना सेवा विकास बैंकले देशभर बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

images
images
बिहिवार, कार्तिक १२ २०८३
बिहिवार, कार्तिक १२ २०८३
  • काठमाडौं, १२ कात्तिक । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशभर बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकले विभिन्न क्षेत्रीय तथा शाखा कार्यालयमार्फत रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

    images
    images

    बैंकका अनुसार कोशी प्रदेशको विराटनगरमा कात्तिक १५ गते रक्तदान कार्यक्रम आयोजना हुनेछ। त्यस्तै, कात्तिक १८ गते काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय, मधेश प्रदेशको बर्दिबास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, बुटवल क्षेत्रको बुटवल, पश्चिम क्षेत्रको घोराही र महेन्द्रनगरमा कार्यक्रम सञ्चालन गरिनेछ।

    काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बैंकले जनाएको छ। बैंकले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    images
    images

    यसैबीच, बैंकले २०औँ वार्षिकोत्सवकै अवसरमा छैटौँ अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल प्रतियोगितासमेत आयोजना गर्ने भएको छ। कात्तिक १४ र १५ गते काठमाडौंको धन्वन्तरी फुटसल कोर्टमा प्रतियोगिता सञ्चालन हुनेछ।

    प्रतियोगितामा आर्थिक पत्रकारहरूको संगठन सेजन, नाफिज र इमान लगायत ३० वटा बैंक तथा वित्तीय संस्थाका टोली सहभागी हुने बैंकले जनाएको छ।

    रक्तदान तथा खेलकुद प्रतियोगिता मार्फत सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्नुका साथै बैंक तथा वित्तीय संस्थाबीच आपसी सम्बन्ध र सहकार्य सुदृढ गर्ने बैंकको पहल रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend