images

२०८३ कार्तिक ८ गते

images
images
images
  • स्वास्थ्य
  • चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध...

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

images
images
बिहिवार, कार्तिक ६ २०८३
बिहिवार, कार्तिक ६ २०८३
  • राँझा (बाँके),५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । 

    images
    images

    गत साउन महिनामा लम्पी स्किन सङ्क्रमण देखिएपछि रोग फैलिन नदिन किसानको गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका सूचना अधिकारी भोजबहादुर रावलले जानकारी दिएका छन् । 

    उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र जानकी गाउँपालिकाका किसानको गोठमा पुगेर पशु स्वास्थ्य प्राविधिकले खोप लगाइरहेका छन् । 

    images
    images

    लुम्बिनी प्रदेश सरकारको कार्यक्रमलाई सो केन्द्रले स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरेको हो । जिल्लाको खजुरा, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकाले लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन गर्न भने हालसम्म चासो नदेखाएको केन्द्रका सूचना अधिकारी रावलले जानकारी दिएका छन् । 

    लम्पी स्कीन रोग पक्सभाइररिडी परिवार अन्तर्गतको क्याप्रिपक्स प्रजातीको लम्पी स्कीन डिजिज भाइरसका कारण अत्याधिक सङ्ख््यामा गाईभैंसीहरूमा सङ्क्रमण गराउने सीमा बिहीन पशुरोग भएकोले रोकथामको लागि खोप अभियान प्रभावकारी हुने जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend