पाल्पा । पाल्पाको माडी फाँटमा पाकेको धानले खेत पहेँलपुर बनेको छ। धान पाकेर खेतभरि सुनौलो रङ छाएसँगै माडीको प्राकृतिक सौन्दर्य थप मनमोहक बनेको छ।
धान पाकेर पहेँलपुर बनेको फाँटले किसानको वर्षभरिको मेहनतको प्रतिफल झल्काएको छ। धान भित्र्याउने समय नजिकिँदै गर्दा माडी क्षेत्रका खेतबारीमा रमणीय दृश्य देखिन थालेका छन्।




.gif)



