images

२०८३ कार्तिक ८ गते

images
images
images
  • समाचार
  • आहा रारा पोखरा गोल्डकपको २६औँ संस्करण...

आहा रारा पोखरा गोल्डकपको २६औँ संस्करण माघ ५ देखि

आहा रारा पोखरा गोल्डकपको २६औँ संस्करण माघ ५ देखि

images
images
शनिवार, कार्तिक ८ २०८३
शनिवार, कार्तिक ८ २०८३
  • पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ ५ गतेदेखि सुरु हुने भएको छ। आयोजक सहारा क्लब पोखराका अनुसार प्रतियोगिता माघ १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ।

    images
    images

    ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित आयोजना हुँदै आएको प्रतियोगिताले नेपाली फुटबलको विकाससँगै पोखराको खेलकुद तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ।

    पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति तथा कास्की जिल्ला फुटबल संघलगायत संस्थाले सहयोग गर्दै आएका छन्।

    images
    images

    प्रतियोगितामा सहभागी हुने टोली, खेलतालिका, पुरस्कार राशि तथा अन्य विवरण पछि सार्वजनिक गरिने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए। उनका अनुसार प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी सुरु गरिएको छ।

    अध्यक्ष थापाले प्रतियोगिताले प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    ‘आहा रारा गोल्डकप राजधानीबाहिरको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो। विसं २०५८ देखि निरन्तर सञ्चालन हुँदै आएको प्रतियोगिताको आगामी संस्करण पनि भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी सुरु गरेका छौँ,’ उनले भने।

    गोल्डकपको आम्दानीबाट फुटबल एकेडेमी सञ्चालन

    सहारा क्लबले प्रतियोगिता सञ्चालनबाट बचत भएको रकममार्फत फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ। पोखरा–१७, दोबिल्लास्थित एकेडेमीमा हाल देशका विभिन्न भागबाट छनोट भएका २७ जना बालकले आवाससहित शिक्षा र फुटबल प्रशिक्षण लिइरहेका छन्।

    प्रतियोगिता मार्फत नेपाली फुटबलको विकास, युवा खेलाडीको प्रतिभा प्रस्फुटन तथा पोखराको खेलकुद पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend