images

२०८३ कार्तिक ८ गते

images
images
images
  • समाचार
  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले नेपालको...

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले नेपालको मौसम प्रभावित हुने सम्भावना

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले नेपालको मौसम प्रभावित हुने सम्भावना

images
images
शनिवार, कार्तिक ८ २०८३
शनिवार, कार्तिक ८ २०८३
  • काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images

    महाशाखाका अनुसार उक्त न्यूनचापीय प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गते (अक्टोबर २६) चक्रवातीय आँधीमा विकसित हुने सम्भावना छ। प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको तटीय क्षेत्रमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ।

    यसको प्रभावले कात्तिक ११ देखि १५ गतेसम्म नेपालका विभिन्न स्थानमा मौसम बदली हुनुका साथै वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यद्यपि, वर्षाको मात्रा, जोखिमको अवस्था र सम्भावित असरबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ।

    images
    images

    सम्भावित प्रतिकूल मौसमबाट कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

    महाशाखाले मौसमसम्बन्धी मोडल, भू–उपग्रहका तस्बिर तथा उपलब्ध तथ्याङ्कको विश्लेषण मार्फत प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ। प्रणालीको विकासक्रम र नेपालमा पर्न सक्ने प्रभावबारे थप जानकारी प्राप्त भएपछि आवश्यकताअनुसार सूचना अद्यावधिक गरिनेछ।

    महाशाखाले मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिन आधिकारिक सूचनालाई नियमित रूपमा अवलोकन गर्नसमेत अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend