काठमाडौं । दसैँको टीकापछि काठमाडौं फर्किने र आफन्तकहाँ टीका थाप्न जाने यात्रुको चहलपहल बढेसँगै पृथ्वी राजमार्गमा सवारीसाधनको चाप बढेको छ।
ठूला सवारीसाधनले नागढुंगा सुरुङमार्ग प्रयोग गर्न थालेपछि नागढुंगा क्षेत्रमा सवारीसाधनको आवागमन पातलो देखिएको छ। यद्यपि, नागढुंगा सुरुङमार्गको प्रवेशद्वार देखि मलेखु–मुग्लिन खण्ड सम्म भने सवारीसाधनको चाप साबिक भन्दा बढी रहेको छ।
दसैँको टीकापछि राजधानी फर्किने तथा आफन्तकहाँ टीका थाप्न जाने यात्रुको आवागमन बढ्दा राजमार्गमा सवारीसाधनको चाप बढेको हो। तस्बिरः शंकर श्रेष्ठ।नेपाल फोटो लाइब्रेरी




.gif)





