images

२०८३ कार्तिक ८ गते

images
images
images

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

images
images
शनिवार, कार्तिक ८ २०८३
शनिवार, कार्तिक ८ २०८३
  • जुम्ला । जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका  किसानहरुलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका–८ का वडाध्यक्ष आसे बस्नेतले बताएका छन् 

    images
    images

    मौसम सफा भएकाल पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीमा काममा व्यस्त रहेका छन् ।  दसैँभन्दा पनि किसानहरुलाई बाली भित्र्याउने कार्यलाई प्राथमिकता परेको वडाध्यक्ष बस्नेतको भनाइ छ ।
     
    बडादसैँ ठूलो चाड भए पनि बाली पनि यति नै बेला पाकेको कारण चाड मनाउने र बाली थन्क्याउने काम सँगसँगै गर्नुपरेको तातोपानी गाउँपालिका–४ का किसान अप्सरा पाण्डेको भनाइ छ । यतिबेला जिल्लाका अधिकांश किसान पाकिसकेको बाली घरमा भित्र्याउन  बिहानदेखि बेलुकासम्म काममा खटिरहेको देखिन्छ ।

    यतिबेला फापर, कोदो, सिमी, भटमास, आलुलगायतका बाली थन्क्याउने कामको चटारोमा किसान रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताएका छन् 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend