images

२०८३ आश्विन २३ गते

images
images
images

कर संकलनमा केन्द्रित हुन कर प्रशासनसँग सम्बन्धित निकायहरूलाई अर्थमन्त्रीको निर्देशन

कर संकलनमा केन्द्रित हुन कर प्रशासनसँग सम्बन्धित निकायहरूलाई अर्थमन्त्रीको निर्देशन

images
images
शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • काठमाडौं, १ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर संकलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासन सँग सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । राष्ट्रिय कर दिवस २०८१ को अवसरमा राजधानीका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शनिबार निर्देशन दिएका हुन् ।

    images
    images

    अहिलेकै सामान्य प्रणालीबाट कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नभएको बताएका छन् । राजस्वको लक्ष्य भेटन् कर प्रणालीलाई आधुनिकीकरण र प्रविधि मैत्री जनशक्ति विकास गर्नुका साथै सरलीकरण प्रक्रिया आवश्यक रहेको उनको सुझाव छ ।

    उनले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक रहेको बताए ।

    images
    images

    सूचना प्रविधिको प्रयोगमा बिस्तार तथा त्यसको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्यून हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशील हुनका लागि कर प्रशासनलाई उनले निर्देशन दिए । उपप्रधानमन्त्री पौडेलले जनताबाट सङ्कलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तयार हुनसक्ने बताए ।

    उनले कर सङ्कलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासन सँग सम्बन्धित निकायहरूलाई निर्देशन दिए । सङ्घीयताले आर्थिक केन्द्रहरू बिस्तार भएपनि सो अनुपातमा राजश्व सकंलन बढ्न नसकेको बताउँदै उनले जिम्मेवार र जबाफदेही हिसाबले राजश्व सङ्कलनको काममा केन्द्रित हुन कर्मचारीहरूलाई निर्देशन दिए ।

    २०८० असोज र २०८१ असोजको कार्य सम्पादन सूचकहरूको प्रगतिको अवस्था मुल्याकंन गर्दा अधिकांश परिसूचकमा गत वर्षको यसै अवधिको जति पनि प्रगति भएको पाउन नसकेको बताए । उनले सरकारप्रति नागरिकको अपेक्षा बढ्दो क्रममा रहेको बताए । सामाजिक सुरक्षा, विकास निर्माण, सङ्घीयता कार्यान्वयन, अन्य अनिवार्य दायित्वका खर्चहरूले स्रोतमाथिको दबाब बढिरहेको बताए ।

    बजार अनुगमनको सङ्ख्या गत वर्षको जारी अवधिको भन्दा पनि न्यून रहेको भन्दै उनले बक्यौता असुली, बेरुजु फर्स्यौट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति पनि सन्तोषजनक नरहेको उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend