images

२०८३ आश्विन २२ गते

images
images
images

आज २०औं राष्ट्रिय कफी दिवसः

आज २०औं राष्ट्रिय कफी दिवसः

images
images
शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • काठमाडौं । नेपालमा आज २०औं राष्ट्रिय कफी दिवस मनाइँदैछ। “नेपालको कफी अर्गानिक अरविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ दिवस मनाउन लागिएको छ।

    images
    images

    नेपाली कफीको इतिहास

    नेपाली कफी खेतीको सुरुवात सन् १९९५ मा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपेर भएको मानिन्छ। नेपालमा सुरुदेखि नै अराविका कफी को खेती भइरहेको छ, जुन कफी पारखीहरूको पहिलो रोजाइमा पर्छ। यो जातको कफी विश्वभर उत्पादन हुने कुल कफीको ७५ प्रतिशत हिस्सा ओगट्छ।

    images
    images

    आन्तरिक माग र उत्पादन

    नेपालमा उत्पादन भएको कफीले स्वदेशी माग एक महिना पनि नधान्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ले जनाएको छ। शहरी क्षेत्रमा कफीको माग तीव्र रूपमा बढे पनि उत्पादन मागको तुलनामा निकै कम छ।

    २०८०।८१ मा नेपालभर झन्डै ५ सय मेट्रिक टन ग्रीनबीन कफी उत्पादन भएको छ। तर, माग अनुसार आपूर्ति नहुँदा कफी आयात बढ्दै गएको छ।

    आयात र निर्यातको स्थिति भन्सार विभागका अनुसार,

    २०७९।०८० माः
    १३ करोड ४ लाख रुपैयाँ बराबरको ७७.८६ मेट्रिक टन कफी निर्यात।
    ३२ करोड ५८ लाख रुपैयाँ बराबरको ४५० मेट्रिक टन कफी आयात।
    २०८०।०८१ माः
    १४ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ मेट्रिक टन कफी निर्यात।
    ४१ करोड ९८ लाख रुपैयाँ बराबरको ४४३ मेट्रिक टन कफी आयात।

    नयाँ मूल्य निर्धारण
    राष्ट्रिय चिया तथा कफी विकास बोर्डले हरेक वर्ष कफीको नयाँ मूल्य निर्धारण गर्दै आएको छ। यस वर्षदेखि लागू हुने नयाँ मूल्यहरू यसप्रकार छन्ः

    फ्रेस चेरी कफीः ग्रेड ‘एः प्रतिकिलो १०५ रुपैयाँ। ग्रेड ‘बीः प्रतिकिलो ९५ रुपैयाँ।

    पार्चमेन्ट कफीः ग्रेड ‘एः प्रतिकिलो ५३५ रुपैयाँ। ग्रेड ‘बीः प्रतिकिलो ४८२ रुपैयाँ।

    ड्राइ चेरी कफीः ग्रेड ‘एः प्रतिकिलो २८० रुपैयाँ। ग्रेड ‘बीः प्रतिकिलो २४७ रुपैयाँ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend