images

२०८३ आश्विन २३ गते

images
images
images

आज १२ औँ राष्ट्रिय कर दिवसः करदाताको सङ्ख्या ६३ लाख नजिक

आज १२ औँ राष्ट्रिय कर दिवसः करदाताको सङ्ख्या ६३ लाख नजिक

images
images
शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • काठमाडौं । आज राष्ट्रिय कर दिवस, ‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ मनाइँदैछ । राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतना मूलक कार्यक्रम गर्ने गरिन्छ ।

    images
    images

    आधुनिक एवम् वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । कर राजस्व राज्य सञ्चालनको प्रमुख आधार हो ।

    आय कर, मूल्य अभिवृद्धि कर, भन्सार महसुल लगायत करका नियमित स्रोत हुन् । अहिले कुल करदाताको सङ्ख्या ६२ लाख, ९४ हजार ८ सय २८ छ । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर लिनेको सङ्ख्या २० लाख २७ हजार ६ सय ८२ र व्यक्तिगत तर्फ ४२ लाख ६७ हजार १ सय ४६ छन् ।

    images
    images

    आर्थिक वर्ष २०८०।८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब रुपैयाँ असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ । जुन कुल राजस्व असुलीको ५० प्रतिशत हो । आन्तरिक तर्फ पनि सबैभन्दा धेरै आयकरको हिस्सा ४५ दशमलव ४० प्रतिशत रहेको छ ।

    नेपालमा करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले साबिकका कर विभाग तथा मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी २०५८ साल बैशाख २ गते विभागको स्थापना भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend