images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • जीवन बीमा कम्पनीहरुको नाफा १९ प्रतिशतले...

जीवन बीमा कम्पनीहरुको नाफा १९ प्रतिशतले बढ्यो, कति कमाए ? (सूचीसहित)

जीवन बीमा कम्पनीहरुको नाफा १९ प्रतिशतले बढ्यो, कति कमाए ? (सूचीसहित)

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको नाफा १८.६२ प्रतिशतले बढेको छ । हाल नेपालमा १४ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । शुक्रबारसम्म उनीहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणले खुद नाफा बढेको देखाएको हो ।

    images
    images

    गत आवको पहिलो त्रैमासमा १४ जीवन बीमा कम्पनीको खुद नाफा एक अर्ब ६२ करोड २१ लाख रुपियाँ थियो । चालु आवको पहिलो त्रैमासमा उनीहरुको नाफा एक अर्ब ९२ करोड ४१ लाख रुपियाँ  देखिएको छ ।

    कम्पनीहरुको यो नाफा बीमांकीय मुल्यांकन भन्दा अघिको हो । जीवन बीमा कम्पनीको बीमांकीय मुल्याकनमा बीमांकीले जीवन बीमा कोषमा भएको १० प्रतिशत रकम नाफा नोक्सान खातामा सार्न सक्नेछन् । त्यो अवस्थामा कम्पनीको नाफा थप बढ्नेछ । आर्थिक शिथिलताकाबीच पनि जीवन बीमा कम्पनीहरुको नाफा बढेको हो । 
    समीक्षा अवधीमा हिमालयन लाइफ इन्स्योरेन्सले सबै भन्दा धेरै नाफा कमाएको छ । असोज मसान्तसम्म उक्त कम्पनीको खुद नाफा २५ करोड ३७ लाख ५५ हजार रुपियाँ रहेको छ । 

    images
    images

    दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ, समिक्षा अवधीमा उक्त कम्पनीले २० करोड ५४ लाख पाँच हजार रुपियाँ खुद नाफा कमाएको वित्तिय विवरणमा उल्लेख छ । तेस्रो नम्बरमा रहेको रिलायवल नेपाल लाइफले १९ करोड ९३ लाख ८८ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

    यसैगरी सन नेपालले १६ करोड ६१ लाख रुपियाँ, आईएमई लाइफले १४ करोड ५० लाख रुपियाँ, नेशनल लाइफले १३ करोड ८३ लाख रुपियाँ, एशियन लाइफले १३ करोड २९ लाख रुपियाँ र सिटीजन लाइफले १३ करोड नौ लाख रुपियाँ खुद नाफा कमाएको छ । 

    यस्तै, प्रभु महालक्ष्मी लाइफले १२ करोड ६२ लाख रुपियाँ, सुर्यज्योति लाइफले ११ करोड ५३ लाख रुपियाँ, मेट लाइफले नौ करोड ६५ लाख रुपियाँ, एलआईसी नेपालले सात करोड ८८ लाख रुपियाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले दुई करोड २६ लाख रुपियाँ खुद नाफा कमाएका छन् । नाफा कमाउने मामिलामा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी कमजोर देखिएको छ ।

    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend