images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • बैंकहरुको कर्जाको ब्याज असुलीमा केही सुधार,...

बैंकहरुको कर्जाको ब्याज असुलीमा केही सुधार, कसको कति उठाउन बाकीँ ?

बैंकहरुको कर्जाको ब्याज असुलीमा केही सुधार, कसको कति उठाउन बाकीँ ?

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं । बैंकहरुको कर्जाको ब्याज असुलीमा केही सुधार आएको छ । चालु आर्थिक वर्षको असोज मसान्त सम्म आइपुग्दा १४ वटा वाणिज्य बैंकहरुको २ अर्ब ८२ करोड ४७ लाख १४ हजार रुपैयाँ मात्रै कर्जाको ब्याज उठाउन बाँकी रहेको छ ।

    images
    images

    अघिल्लो वर्ष २० वटै बैंकले कर्जाको ब्याजदर उठाउन सकेका थिएनन् । २०८० असोज मसान्त सम्ममा २० बैंकको उठ्न नसकेको ब्याजदर १३ अर्ब ४४ करोड ९ लाख ३० हजार रुपैयाँ थियो ।

    एक वर्षको अवधिमा यस्तो कर्जाको ब्याजदर १० अर्ब ६१ करोड अर्थात् ७८.९८ प्रतिशतले घटेको छ । अर्थतन्त्रमा समस्या देखिँदा बैंकको ऋण असुलीमा समस्या देखिएको छ ।

    images
    images

    यो १ बर्षको अवधिमा ६ बैंकले भने विगतमा उठ्न नसकेको ६४ करोड १९ लाख ५० हजार रुपैयाँ कर्जाको ब्याज उठाउन सफल भएका छन् ।

    समयमा नै कर्जा असुली हुन नसक्दा बैंकहरुको खराब कर्जाको मात्रा बढ्दै गएको छ । अर्थतन्त्रमा देखिएको समस्याका कारण यस्तो हुन गएको हो ।

    असोज मसान्त सम्मको तथ्यांक हर्दा सबै भन्दा बढी ब्याजदर उठाउन बाकीँ नबिल बैंकको रहेको छ । भने सबै भन्दा कम सानिमा बैंकको रहेको छ ।  नविल बैंकले ४९ करोड ९४ लाख २७ हजार रुपैयाँ कर्जाको ब्याज उठाउन नसक्दा सानिमा बैंकले जम्मा ५८ लाख ४ हजार रुपैयाँ ब्याजदर मात्र उठाउन सकेको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend