images

२०८३ आश्विन १५ गते

images
images
images
  • बजार
  • आज कति छ कालीमाटीमा तरकारी तथा...

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौं। आज कालीमाटी तरकारी बजारमा विभिन्न कृषि उपजको मूल्यमा विविधता देखिएको छ। उपलब्ध मूल्य विवरणअनुसार सबैभन्दा महँगो पार्सले प्रतिकिलो २ हजार ४ सयदेखि २ हजार ८ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ। त्यस्तै सिताके च्याउ ८ सयदेखि १ हजार रुपैयाँ, कुरीलो ७ सयदेखि ८ सय रुपैयाँ र पुदीना ६ सयदेखि ७ सय रुपैयाँसम्म रहेको छ।तरकारीतर्फ स्कूस प्रतिकिलो १५ देखि २५ रुपैयाँ र चिचिण्डो २० देखि ३० रुपैयाँमा पाइने भएकाले तुलनात्मक रूपमा सस्ता छन्। गाजर स्थानीय १२० देखि १४० रुपैयाँ, काउली १०० देखि १२० रुपैयाँ, बोडी १०० देखि १३० रुपैयाँ र घिउ सिमी ९० देखि १०० रुपैयाँसम्म रहेको छ।

    images
    images

    फलफूलतर्फ स्याउ फुजी ३०० देखि ३५० रुपैयाँ, अनार ३०० देखि ३५० रुपैयाँ, किवी ३५० देखि ४०० रुपैयाँ, ड्रागन फ्रुट ५०० देखि ६०० रुपैयाँ तथा कागती २०० देखि ३०० रुपैयाँ प्रतिकिलो रहेको छ। केरा नेपाली १५० देखि २०० रुपैयाँ र मालभोग केरा १०० देखि १५० रुपैयाँ प्रतिदर्जनमा बिक्री भइरहेको छ।मसला तथा अन्य कृषि उपजमा अदुवा २०० देखि २३० रुपैयाँ, हरियो लसुन २५० देखि ३०० रुपैयाँ, सुकेको नेपाली लसुन २०० देखि २३० रुपैयाँ र सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ प्रतिकिलो रहेको छ। ताजा माछातर्फ रहु ३४० देखि ३७० रुपैयाँ, बचुवा ३०० देखि ३४० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँ प्रतिकिलो रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend