images

२०८३ आश्विन २० गते

images
images
images

‘पूर्ण बहादुरको सारङ्गी’ बन्यो सबैभन्दा बढी कमाउने नेपाली फिल्म

‘पूर्ण बहादुरको सारङ्गी’ बन्यो सबैभन्दा बढी कमाउने नेपाली फिल्म

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं ।  विश्वभर प्रदर्शन भइरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले ‘कबड्डी ४’ को रेकर्ड तोड्दै सबैभन्दा बढी कमाउने नेपाली फिल्म बनेको छ।

    images
    images

    फिल्मले मंगलबारसम्म २५ करोड ४ लाख ग्रस कलेक्सन गरेको वितरक मनोज राठीले बताए। उनका अनुसार फिल्मले प्रदर्शनको १३ औं दिनमै हालसम्मकाे रेकर्ड ब्रेक गरेको हो। यसअघि ‘कबड्डी ४’ ले चलचित्र विकास बोर्डको तत्थ्याङ्कअनुसार २१ करोड ३८ लाख कमाएको थियो। भने निर्माण टिमले २३ करोड ५० लाख कमाएको दाबी गरेको थियो।

    साथै ‘पूर्णबहादुरको सारङ्गी’ ले सर्वाधिक सो पाउने फिल्ममा पनि रेकर्ड राखेको छ। हाल पनि ४ सय ५० भन्दा बढी सो देशमै प्रदर्शन भइरहेको छ भने विदेशमा ३ सय भन्दा बढी सो मा प्रदर्शन भइरहेको छ। प्रदर्शनको सुरुवातमा न्युन दर्शक पाएको फिल्मले सकारात्मक समीक्षा र दर्शकको पब्लिसिटीकै कारण व्यापारमा रकर्ड बनाइरहेको छ।

    images
    images

    सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्ममा गन्धर्व समुदायको कथा र बाबु छोराको सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद लेखन छ।विजय बरालको मुख्य भूमिकामा बनेको फिल्ममा अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपूतलगायत कलाकारको अभिनयलाई दर्शकले तारिफ छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend