images

२०८३ आश्विन १५ गते

images
images
images
  • बजार
  • रारा चाउचाउमा भेटियो गम्भीर समस्या, बजारबाट...

रारा चाउचाउमा भेटियो गम्भीर समस्या, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

रारा चाउचाउमा भेटियो गम्भीर समस्या, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ ।नेपाली बजारमा बिक्री वितरण भइरहेको रारा ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै उक्त चाउचाउ उत्पादन गर्ने कम्पनीलाई बजारमा पठाइएका उत्पादन फिर्ता ल्याउन र थप बिक्री वितरणमा पूर्ण रूपले रोक लगाउन निर्देशन दिएको छ । नियमित बजार अनुगमन र निरीक्षण क्रममा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ बमोजिम बजारबाट रारा चाउचाउको नमुना संकलन गरिएको थियो ।

    images
    images

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रस्थित हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रारा ब्रान्डको ६० ग्राम तौल भएको तयारी चाउचाउ बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ। विभागको आधिकारिक प्रयोगशालामा गरिएको परीक्षण अनुसार उत्पादन मिति ५ फेब्रुअरी २०२६ र ब्याच नम्बर 'REG ०१' (उपभोग्य म्याद १२ महिना) भएको चाउचाउ तोकिएको खाद्य मापदण्ड पूरा नगरी 'न्यूनस्तर' को पाइएको छ। विभागले उक्त ब्याचका सम्पूर्ण चाउचाउ बजारबाट तुरुन्त हटाउन र बिक्री-वितरण पूर्ण रूपमा रोक्न कडा निर्देशन जारी गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend