काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको छ । संस्थाले खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न इच्छुक तथा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।संस्थाका अनुसार उक्त पदका लागि स्नातकोत्तर तह वा सोसरह उत्तीर्ण गरी लघुवित्त वा बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय तहमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । त्यस्तै, स्नातक तह वा सोसरह उत्तीर्ण गरेका उम्मेदवारको हकमा व्यवस्थापकीय तहमा कम्तीमा सात वर्षको कार्य अनुभव आवश्यक पर्नेछ ।
अर्थशास्त्र वा व्यवस्थापन विषयमा उपाधि हासिल गरेका तथा चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरेका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने संस्थाले जनाएको छ । दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक उम्मेदवारले आगामी कार्तिक १३ गतेसम्म इमेलमार्फत आवेदन दिन सक्नेछन् । आवेदन dceovacancy@swmfi.com.np मा पठाउनुपर्नेछ ।




.gif)



