images

२०८३ आश्विन १५ गते

images
images
images
  • अन्य
  • दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...

दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ ।सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा प्रसाईको रिटको सुनुवाइका लागि पेसी तोकिएको हो ।दुर्गा प्रसाईको हकमा उमा प्रसाईले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी, काठमाडौंसमेतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी छन् ।

    images
    images

    प्रसाईले केही समयअघि जेनजी सहिदकी आमासमेत रहेकी रास्वपा सांसद रचना खड्कालाई लक्षित गर्दै ‘छोराको लासमा टेकेर सांसद बनेको’ अभिव्यक्ति दिएका थिए । उक्त विषय रचना खड्काले संसद्मा समेत उठाएकी थिइन् । जाहेरीका आधारमा प्रहरीको साइबर ब्यूरोले प्रसाईलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend