images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • एसियाली खेलकुद नेपाली धावक पालद्वारा राष्ट्रिय...

एसियाली खेलकुद नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

एसियाली खेलकुद नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ, १४ असोज । बिसौँ एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन् । 

    images
    images

    पालले पाँच हजार मिटरको दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोड्ेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

    भण्डारीले सन् २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ०४.८९ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । 

    images
    images

    जारी एसियाली प्रतियोगितामा सहभागी १८ धावकमध्ये पालले नवौँ स्थान हासिल गरेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend