काठमाडौँ। नेपालको अग्रणी अनलाइन सपिङ गन्तव्य दराज नेपालले बडादसैँको अवसरमा बहुप्रतीक्षित ‘१०.१० दसैँ धमाका: बडा दसैँ, धमाकेदार डिल्स’ सार्वजनिक गरेको छ। अक्टोबर १ को राति ८ बजेदेखि अक्टोबर १२ सम्म सञ्चालन हुने यस मेलामा विभिन्न श्रेणीका उत्पादनहरूमा ६५ लाख रुपैयाँसम्मका भाउचर, निःशुल्क डेलिभरी र ७५ प्रतिशतसम्मको भारी छुट उपलब्ध गराइएको छ।दसैँको तयारी र किनमेललाई थप लाभदायी बनाउन दराजले अग्रणी ब्रान्डहरूसँग सहकार्य गर्दै विभिन्न छुट योजना अघि सारेको छ। दराजका प्ल्याटिनम पार्टनर ब्रान्डहरूबाट ६७ प्रतिशत, गोल्ड पार्टनरहरूबाट ७० प्रतिशत र सिल्भर पार्टनरहरूबाट ६५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ। यसबाहेक असोज १५ देखि २६ सम्म सीमित समयका लागि ब्रान्ड रस आवर, क्रेजी प्राइस ड्रप तथा विभिन्न वारअनुसारका विशेष श्रेणीगत अफरहरू समावेश गरिएका छन्। उपभोक्ताले छनोट गरिएका विक्रेताहरूबाट ३ हजार रुपैयाँसम्मका दसैँ दक्षिणा भाउचरसमेत प्राप्त गर्न सक्नेछन्।
नगद रहित कारोबारलाई प्रोत्साहन गर्न दराजले ५ वटा अग्रणी बैंकहरूसँग सहकार्य गरी विशेष प्रि-पेमेन्ट अफर ल्याएको छ। हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम १,५०० रुपैयाँ) र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम १,००० रुपैयाँ) सम्म छुट पाउनेछन्। त्यसैगरी ईसेवा र खल्ती प्रयोगकर्ताका लागि पनि १ हजार रुपैयाँसम्मको छुट अफर राखिएको छ।किनमेलसँगै दराजले आकर्षक उपहारको व्यवस्था पनि गरेको छ। न्यूनतम २ हजार रुपैयाँको खरिद गर्नेमध्ये एक भाग्यशाली ग्राहकले सुजुकी एक्सेस एफआई १२५ सीसी विशेष एडिसन स्कुटर जित्न सक्नेछन्। यसका साथै थाइल्यान्ड भ्रमण, ३१ हजार रुपैयाँको कम्बो गिफ्ट सेट, ६५ हजार रुपैयाँको एक्सप्रेस स्टाइलर, १ लाख ५ हजार रुपैयाँ मूल्यको वासिङ मेसिन र दैनिक गिभअवेमार्फत विभिन्न ब्रान्डका उत्पादनहरू जित्ने अवसर उपभोक्ताले पाउनेछन्।सन् २०१५ मा स्थापित दराजले पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र नेपालका ५० करोडभन्दा बढी जनसङ्ख्यालाई प्रविधिका माध्यमबाट जोड्दै ई-कमर्स, ढुवानी तथा भुक्तानी सेवा प्रदान गर्दै आएको छ।




.gif)



