images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिजले १२५%...

ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिजले १२५% नगद लाभांश बाँड्ने

ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिजले १२५% नगद लाभांश बाँड्ने

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं । ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिज लिमिटेडले सेयरधनीलाई १२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाइएको हो।कम्पनीको १९औँ वार्षिक साधारण सभा असोज २३ गते काठमाडौंमा दिउँसो ३ः३० बजे बस्नेछ। सभाले सञ्चालक समितिको प्रस्तावमाथि निर्णय गरेपछि लाभांश वितरणको बाटो खुल्नेछ।सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ। साथै सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने कार्यसूची रहेको छ।

    images
    images

    कम्पनीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभाबाट अनुमोदन गराउने भएको छ।यसैगरी, कम्पनीको सञ्चालक समितिको पुनर्गठन तथा निर्वाचनसम्बन्धी प्रस्ताव सभामा पेस हुनेछ। कम्पनीको आगामी व्यावसायिक विस्तारसँग जोडिएको रणनीतिक साझेदारीको खोजी गर्ने तथा समान प्रकृतिका संस्थासँग गाभ्ने वा गाभिने प्रक्रियाका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्तावसमेत सभाको एजेन्डामा राखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend