images

२०८३ आश्विन १५ गते

images
images
images

मौसम खुलेसँगै पोखरा–जोमसोम हवाई सेवा नियमित

मौसम खुलेसँगै पोखरा–जोमसोम हवाई सेवा नियमित

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • मुस्ताङ, १२ असोज । भारी वर्षाले अवरुद्ध (पोखरा–जोमसोम) हवाई सेवा आजदेखि सञ्चालन भएको छ । भारी वर्षा र प्रतिकूल मौसमका कारण शुक्रबारदेखि अवरुद्ध रहेको (पोखरा–जोमसोम) हवाई सेवा तीन दिनपछि सञ्चालनमा आएको हो ।

    images
    images

    जोमसोम नागरिक उड्ययन कार्यालय अनुसार वर्षा रोकिएर मौसममा सुधार आएसँगै निजी वायु सेवा कम्पनी समिट एयरको टवीनअटर जहाजले (पोखरा–जोमसोम) पाँचवटा उडान भरेको छ । कार्यालय प्रमुख विश्वराज शर्माका अनुसार प्रतिकूल मौसमका कारण अवरुद्ध बनेको पोखरा–जोमसोम हवाई सेवा आजदेखि सञ्चालन भएको जानकारी दिएका छन्।

    हवाई सेवा सञ्चालन भएसगै स्वदेशी तथा भारतीय र अन्य मुलुकका हवाई यात्रीहरु मुस्ताङको जोमसोम अवतरण भएका हुन् । मुस्ताङबाट पनि पोखरा जाने हवाई यात्रुहरूको सङ्ख्या उल्लेख्य रहेको प्रमुख शर्माको भनाइ छ । निरन्तरको वर्षा र हिमपातले राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकका दर्जनौँ स्थानमा बाढी पहिरोले सडक अवरुद्ध भए पनि मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई हवाई सेवा सञ्चालान भएसँगै मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई भने केही राहत मिलेको छ ।

    images
    images

    पर्यटकीय याम तथा दसैँतिहारजस्ता महत्त्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा बाढी पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा मुस्ताङको पर्यटन क्षेत्रले निकै ठूलो क्षति व्यवहोर्नुपरेको मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend