images

२०८३ आश्विन १५ गते

images
images
images

दुई महिनामा वाणिज्य बैंकको निक्षेप ६७ अर्ब बढ्यो,कुन बैंकको कति ?

दुई महिनामा वाणिज्य बैंकको निक्षेप ६७ अर्ब बढ्यो,कुन बैंकको कति ?

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिनासम्म वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सामान्य वृद्धि देखिएको छ । असार मसान्तको तुलनामा भदौ मसान्तसम्म २० वाणिज्य बैंकको कुल निक्षेप ६७ अर्ब ३४ करोड रुपैयाँले बढेको हो ।असार मसान्तसम्म २० वाणिज्य बैंकले कुल ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । भदौ मसान्तसम्म आइपुग्दा यो रकम बढेर ७५ खर्ब ६५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरूको कुल निक्षेप करिब ०.९ प्रतिशतले वृद्धि भएको हो ।

    images
    images

    भदौमा २० वाणिज्य बैंकमध्ये १४ वटा बैंकको निक्षेप बढेको छ भने ६ वटा बैंकको निक्षेप घटेको छ । निक्षेप संकलनका आधारमा सबैभन्दा अगाडि रहेको ग्लोबल आइएमई बैंकको निक्षेप ६३ करोड रुपैयाँले बढेर ७० खर्ब १० अर्ब ७ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा बैंकको निक्षेप ७० खर्ब ४ करोड ४० लाख रुपैयाँ रहेको थियो । दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप १२ अर्ब २३ करोड रुपैयाँले बढेर ६९ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा बैंकको निक्षेप ६८ खर्ब १६ अर्ब ३० करोड रुपैयाँ थियो । 

    तेस्रो स्थानमा रहेको नबिल बैंकको निक्षेप १८ अर्ब ६८ करोड रुपैयाँले बढेको छ । बैंकको निक्षेप असारमा ६० खर्ब १८ अर्ब ८८ करोड रुपैयाँ रहेकामा भदौ मसान्तसम्म ६२ खर्ब ५ करोड ६० लाख रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप भने ४९ करोड रुपैयाँले घटेर ५२ खर्ब ८६ अर्ब ७० करोड, लक्ष्मी सनराइज बैंकको निक्षेप ३ अर्ब ७५ करोड रुपैयाँले बढेर ४३ खर्ब २५ अर्ब १० करोड, नेपाल बैंकको निक्षेप ६ अर्ब ७४ करोड रुपैयाँले बढेर ४२ खर्ब ३१ अर्ब २० करोड रुपैयाँ, हिमालयन बैंकको निक्षेप ३ अर्ब ८५ करोड रुपैयाँले बढेर ३६ खर्ब ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । प्रभु बैंकको निक्षेप भने ३ अर्ब ७० करोड रुपैयाँले घटेर ३४ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ । कृषि विकास बैंकको निक्षेप ८ अर्ब ९० करोड रुपैयाँले घटेर ३४ खर्ब २८ अर्ब ८० करोड रुपैयाँमा झरेको छ । सिद्धार्थ बैंकको निक्षेप ७० करोड रुपैयाँले बढेर ३३ खर्ब २२ अर्ब, एनआईसी एशिया बैंकको १३ अर्ब ९० करोड रुपैयाँले घटेर ३३ खर्ब १८ अर्ब, एभरेष्ट बैंकको भने १२ अर्ब ५५ करोड रुपैयाँले बढेर ३३ खर्ब ९ अर्ब, एनएमबी बैंकको १ अर्ब ६३ करोड रुपैयाँले घटेर ३१ खर्ब ६३ अर्ब ४० करोड रुपैयाँमा झरेको छ ।

    images
    images

    प्राइम बैंकको निक्षेप ९ अर्ब ३ करोड रुपैयाँले घटेर २७ खर्ब ४३ अर्ब, सानिमा बैंकको २ अर्ब ७८ करोड रुपैयाँले बढेर २५ खर्ब २७ अर्ब १० करोड रुपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंकको निक्षेप १ अर्ब ९६ करोड रुपैयाँले बढेर २२ खर्ब ४० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप ५ अर्ब ८६ करोड रुपैयाँले बढेर १५ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend