images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ।  शाइन रेसुंगा डेभलपमेन्ट बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्म सेयर किन्नेले बैंकले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन् ।बैंकले लाभांश र सभा प्रयोजनका लागि असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज असोज १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन् । बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा रुपन्देहीको बुटवलस्थित होल सेफ्रन सीकेमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

    images
    images

    सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा बोनस सेयर ६ प्रतिशत र नगद लाभांश १० प्रतिशत (करसहित) रहेका छन् । सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन वा रायसुझावअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने। सभाले सञ्चालकको बैठक भत्ता तथा अन्य सुविधा वृद्धि वा थप गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend