images

२०८३ आश्विन १५ गते

images
images
images
  • स्वास्थ्य
  • नुवाकोटका बाढी प्रभावित ४५ सयभन्दा बढीलाई...

नुवाकोटका बाढी प्रभावित ४५ सयभन्दा बढीलाई सशस्त्र प्रहरीको स्वास्थ्य सेवा

नुवाकोटका बाढी प्रभावित ४५ सयभन्दा बढीलाई सशस्त्र प्रहरीको स्वास्थ्य सेवा

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार गरेको छ। भदौ १० गतेदेखि नेपाल एपीएफ अस्पताल बलम्बुबाट खटिएको चिकित्सकसहितको टोलीले नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको सशस्त्र प्रहरीले जनाएको छ।टोलीले नुवाकोट आयुर्वेद चिकित्सालय, क्रियापुत्री भवन, केन्द्रीय कारागार, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय र नुवाकोट स्वास्थ्य चौकीलगायत स्थानमा स्वास्थ्य सेवा प्रदान गरेको हो।

    images
    images

    त्यस्तै, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका २५ वटा होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावितको समेत स्वास्थ्य परीक्षण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।केन्द्रीय कारागार नुवाकोटमा फैलन सक्ने सम्भावित सरुवा रोग तथा अन्य स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै चिकित्सकसहितको टोलीले विशेष स्वास्थ्य परीक्षण गर्नुका साथै ४०२ जना कैदीबन्दीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएको छ।स्वास्थ्य उपचारसँगै विपद्पछि फैलन सक्ने महामारी नियन्त्रण र वातावरणीय स्वच्छता कायम गर्न देवीघाट बजार, देवीघाट माध्यमिक विद्यालय परिसर र केन्द्रीय कारागार क्षेत्रमा कीटनाशक औषधिसमेत छर्किएको सशस्त्र प्रहरीले जनाएको छ।सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली अझै परिचालन भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend