images

२०८३ आश्विन १५ गते

images
images
images
  • उर्जा
  • अविरल वर्षाले विद्युत् प्रसारण र वितरणमा...

अविरल वर्षाले विद्युत् प्रसारण र वितरणमा क्षति, करिब २०० मेगावाट उत्पादन प्रभावित

अविरल वर्षाले विद्युत् प्रसारण र वितरणमा क्षति, करिब २०० मेगावाट उत्पादन प्रभावित

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढी पहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। क्षतिका कारण केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको उत्पादनसमेत प्रभावित भएको छ।कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। कुश्मा–नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत समस्या आएको छ। यसबाट करिडोरमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ।

    images
    images

    बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ७० मेगावाटको मध्य मर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दीलगायत जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ।बाढी पहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार क्षतिको विवरण सङ्कलन, अवरुद्ध क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति र क्षतिग्रस्त संरचनाको मर्मतका लागि प्राविधिक तथा मर्मत टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

    विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। सडक तथा पहुँचमार्ग खुल्नासाथ थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी आपूर्ति पुनःस्थापनाको काम तीव्र बनाइने श्रेष्ठले बताए।प्राधिकरणले क्षतिग्रस्त विद्युत् संरचना, ढलेका तार तथा पोल नजिक नजान उपभोक्तालाई आग्रह गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend