images

२०८३ आश्विन १५ गते

images
images
images

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । जटिल प्रसूति समस्या देखिएपछि रुकुम पश्चिमकी एक महिलाको हवाई उद्धार गरिएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत महिलालाई थप उपचारका लागि सुर्खेत पुर्‍याइएको हो।मन्त्रालयका अनुसार आश्विन ८ गते मुसिकोट नगरपालिका-१ निवासी ३३ वर्षीया महिलालाई प्रसूति सम्बन्धी जटिलता देखिएपछि हवाई माध्यमबाट उद्धार गरिएको हो।स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार तथा विशेषज्ञ सेवा उपलब्ध हुन नसक्ने अवस्था देखिएपछि थप उपचारका लागि तत्काल उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

    images
    images

    दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा प्रसूति सेवाको पहुँच सहज नहुँदा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधा सम्पन्न स्वास्थ्य संस्थासम्म पुर्‍याउने उद्देश्यले सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।कार्यक्रममार्फत स्वास्थ्य अवस्था र उपचारको आवश्यकताका आधारमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरी विशेषज्ञ उपचार उपलब्ध हुने स्वास्थ्य संस्थामा पुर्‍याउने गरिएको मन्त्रालयले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend