काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ३ हजार २०० रुपैयाँ र चाँदी १६५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य १६५ रुपैयाँले घटेर तोलाको ४ हजार ६५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ८१५ रुपैयाँ रहेको थियो ।




.gif)



