images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • अण्डाको मूल्य फेरि बढ्यो, प्रतिक्रेट कति...

अण्डाको मूल्य फेरि बढ्यो, प्रतिक्रेट कति ?

अण्डाको मूल्य फेरि बढ्यो, प्रतिक्रेट कति ?

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म मूल्य वृद्धि गरेको छ। संघले एक्सल र ठूलो अण्डाको मूल्य बढाउँदै बुधबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो।

    images
    images

    संघको असोज ६ गते काठमाडौंमा बसेको भौतिक तथा भर्चुअल बैठकले अण्डा उत्पादकहरूको राय, परामर्श तथा सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ।

    नयाँ मूल्यअनुसार एक्सल अण्डाको फार्म मूल्य प्रतिक्रेट ६१५ रुपैयाँ पुगेको छ। त्यस्तै, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ६०० रुपैयाँ निर्धारण गरिएको छ।

    images
    images

    यसअघि संघले भदौ १९ गते निर्धारण गरेको समर्थन मूल्यअनुसार एक्सल अण्डाको प्रतिक्रेट ६०५ रुपैयाँ र ठूलो अण्डाको प्रतिक्रेट ५९० रुपैयाँ थियो। नयाँ मूल्यअनुसार एक्सल अण्डाको प्रतिक्रेट १० रुपैयाँ र ठूलो अण्डाको प्रतिक्रेट १० रुपैयाँ वृद्धि भएको हो।

    संघले मिडियम र सानो अण्डाको फार्म मूल्यमा भने कुनै परिवर्तन गरेको छैन। यसअघि कायम रहेको मूल्यअनुसार मिडियम अण्डाको प्रतिक्रेट ५५० रुपैयाँ रहेको छ।

    त्यस्तै, सानो अण्डाको समर्थन मूल्य प्रतिकेट ३ हजार २०० रुपैयाँ कायम रहेको संघले जनाएको छ।

    उपभोक्ताका लागि तोकिएको अण्डाको मूल्यमा पनि परिवर्तन गरिएको छैन। संघका अनुसार अण्डाको उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ तथा दुईवटाको ४५ रुपैयाँ कायम छ।

    अण्डा उत्पादन लागत, बजारको अवस्था तथा उत्पादकहरूको सुझावलाई आधार बनाएर फार्म मूल्य समायोजन गरिएको संघले जनाएको छ। नयाँ मूल्य बुधबारदेखि कार्यान्वयनमा आएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend