काठमाडौं । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई लक्षित गर्दै इलेक्ट्रिक ब्रान्ड टीसीएलले विशेष उत्सव योजना ‘सेलिब्रेट दशैं एण्ड तिहार’ सार्वजनिक गरेको छ ।‘ग्रेट मोमेन्ट, मेगा क्यासब्याक एण्ड गिफ्ट’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले टीसीएलका विभिन्न इलेक्ट्रिक तथा घरायसी उपकरण खरिदमा आकर्षक क्यासब्याक, उपहार र सहज खरिद सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
यस विशेष योजनामा टीसीएलका टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन, वाटर डिस्पेन्सर, एयर कन्डिसनर तथा अन्य उपकरणहरू समावेश छन्। योजनाअन्तर्गत ८५ र ९८ इन्चका टेलिभिजन खरिदमा टीसीएल एस५५एच साउन्डबार, वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक तथा रेफ्रिजरेटर खरिदमा सिजी इन्डक्सन कुकटप निःशुल्क प्रदान गरिनेछ । साथै, एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध हुनेछ ।उपभोक्ताले एक लाख ४२ हजार ५ सय रुपैयाँसम्मको क्यासब्याक तथा शून्य प्रतिशत ब्याजदरमा सहज इएमआई सुविधा पनि प्राप्त गर्न सक्नेछन् । टीसीएलले यस उत्सव योजनामार्फत उपभोक्तालाई आकर्षक बचतसँगै उपयोगी उपहार प्रदान गर्दै दशैं र तिहारको खुसीलाई अझ विशेष बनाउने उद्देश्य राखेको छ ।
नवीनतम प्रविधि र आधुनिक डिजाइनमा जोड दिँदै आएको टीसीएलले क्यूडी मिनी एलईडी प्रविधियुक्त ९८ इन्चसम्मका ठूला स्क्रिनका टेलिभिजनलगायत विभिन्न घरेलु उपकरणहरू उपलब्ध गराउँदै आएको छ । ‘इन्सापाएर ग्रेटनेश’ भन्ने ब्रान्ड सन्देशअनुसार टीसीएलले उत्कृष्ट मनोरञ्जन अनुभव र दैनिक जीवनलाई सहज बनाउने प्रविधियुक्त उत्पादनहरूमा जोड दिँदै आएको छ ।चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले नेपालमा टीसीएलका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । नेपालभरिका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत यी उत्पादनहरू उपलब्ध छन् ।




.gif)





