काठमाडौं । रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण गर्न लागेको आगामी फिल्ममा अभिनेत्रीको रुपमा जसिता गुरुङ देखिने भएकी छन् । निर्माण युनिटले उनलाई फिल्मको मुख्य भुमिकामा भित्र्याएको हो । फिल्ममा अभिनेताको रुपमा केही अगाडि पल शाह भित्रिएका थिए । गुरुङ र शाहको फिल्ममा जोडी बाधिनेछ । यी दुबै पहिलो पटक सहकार्य गर्न लागेका हुन् । फिल्म दिपेन्द्र लामाले निर्देशन गर्दैछन् ।
फिल्मको शीर्षक भने तय भइसकेको छैन । हाल फिल्मको कास्ट एन्ड क्रिउ फाइनल गर्ने काम भइरहेको छ । अन्य कलाकारलाई पनि छिट्टै अनुबन्ध गरेर फिल्म छायांकनमा जाने तयारी निर्माण पक्षको छ । फिल्मको नाम दर्तापछि मात्र सार्वजनिक गर्ने निर्माता अधिकारीले बताए । फिलममा संगीत कालिप्रसाद कास्कोटाको रहनेछ ।यसैबीच, रोहित अधिकारी फिल्म्सले अभिनेता अनमोल केसीसँग ‘फर्की फर्की’पछि त्यसैको सिक्वेलका रूपमा अर्को फिल्म निर्माण गर्ने भएको छ । उक्त फिल्मका लागि अभिनेता अनमोल केसीसँगसम्झौता समेत भइसकेको निर्माण पक्षले जनाएको छ ।




.gif)



