काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले बडादशैं तथा तिहारलाई लक्षित गर्दै “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। आफ्नो वार्षिक अभियान “Experience Life with CG” अन्तर्गत कम्पनीले यो योजना ल्याएको हो।यस योजनाअन्तर्गत ग्राहकहरूले सिजी तथा प्रिमियम ब्रान्ड सिजी मेरिडियाका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र एयर कन्डिसनर लगायतका घरायसी उपकरणहरूको खरिदमा अधिकतम रु. १ लाख २ हजारसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
क्यासब्याकसँगै विभिन्न उत्पादनहरूको खरिदमा पक्का उपहार (Sure-shot Gifts) को व्यवस्था गरिएको छ। जसअनुसार:
-
फ्रन्ट लोड वासिङ मेसिनमा ६ केजी, टप लोडिङमा ४ केजी र सेमी अटोमेटिकमा २ केजी सर्फ एक्सेल,
-
माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट,
-
एयर कन्डिसनर (AC) खरिदमा निःशुल्क जडान (Free Installation) को सुविधा रहेको छ।
ग्राहकहरूको सुविधाका लागि “नागरिकता भए पुग्छ !” भन्ने नारासहित शून्य प्रतिशत (०%) ब्याजदरमा ईएमआई (EMI) सुविधा उपलब्ध गराइएको छ। साथै, ‘सिजी इलेक्स’ मार्फत पुरानो सामानसँग नयाँ साट्न सकिने एक्सचेन्ज अफर पनि रहेको सीजीले जनाएको छ ।
गत भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू भएको यो योजना देशभरका २२ वटा सिजी डिजिटल शोरुमहरू, आधिकारिक बिक्री केन्द्र तथा अनलाइनमार्फत उपलब्ध छ। बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउन कम्पनीले ‘सिजी केयर एप’ तथा देशभरका ४० वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको कम्पनीको भनाइ छ ।




.gif)





