images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • नेशनल लाईफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै...

नेशनल लाईफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण

नेशनल लाईफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौं ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूको सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक चेयरपर्सन क्लब कार्यक्रम भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भव्य रूपमा सम्पन्न भएको छ ।आ.व. २०८२/८३ का लागि निर्धारित लक्ष्य पुरा गरी चेयरपर्सन क्लब कार्यक्रममा छनौट हुनुभएका अभिकर्ताहरू एवं कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख मार्केटिङ कर्मचारीहरु सहित ५६५ जनाको सहभागितामा भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा दुई रात तीन दिनसम्म सम्पन्न भएको छ । सो कार्यक्रममा, हालै भोटेकोशीमा आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न प्राकृतिक विपद्का कारण घाईते तथा बिरामी सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाउनुहुने सम्पुर्ण प्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहित शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गर्नका लागि १ मीनेट मौनधारण गरि कार्यक्रम शुरुवात गरिएको थियो ।

    images
    images

    कार्यममा चेयरपर्सन प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी चेयरपर्सन क्लब कार्यक्रमको औपचारिक समुद्घ्घाटन गरेकी थिइन् । समुद्द्धाटन मन्तव्यको क्रममा उनले कम्पनीको मेरुदण्डको रुपमा कार्यरत अभिकर्ताहरूलाई थप व्यवसायिक र दक्ष बनाउने उदेश्य अनुरुप अभिकर्ताको सीप तथा क्षमता विकास र व्यवसायिकता अभिवृद्धिका लागि कम्पनीले निरन्तर सहयोग र सहकार्य गर्दै जाने साथै अभिकर्ता सञ्जालमा नेतृत्व विकास महत्वपूर्ण रहेको र यसका लागि कम्पनीले यथाशक्य लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्राप्त गरेको ऐतिहसिक व्यवसायिक उपलब्धि नेशनल लाइफ परिवारको सामूहिक सफलता भएको बताउँदै उनले नयाँ आर्थिक वर्षको सुरुवातसँगै कम्पनी अझ स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र उच्च पेशागत प्रतिबद्धताका साथ अघि बढिरहेको हुँदा अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउने र ग्राहक सेवाको गुणस्तर सुधार गर्ने कुरामा कम्पनीले जोड दिएको बताए ।

    कार्यक्रममा, चेयरपर्सन क्लब सदस्यता वितरण गरिनुका साथै सञ्जाल र आफ्नो कोडको व्यवसायमा नेपालभर प्रथम, द्वितीय र तृतीय तथा समूहगत व्यवसायमा प्रथम हुने अभिकर्ताहरूलाई र सेन्चुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार तथा लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा छनोट हुन सफल अभिकर्ताहरू लगायत आफ्नो कोड र संजाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई चेयरपर्सन प्रेमाराज्य लक्ष्मी सिंहबाट विशेष सम्मान गरिएको थियो ।कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई दक्ष तथा अनुभवी प्रशिक्षकरुबाट उनीहरुको ज्ञान, सिप, क्षमता अभिवृद्धि गर्ने उदेश्यले विभिन्न विधाहरुमा प्रशिक्षण प्रदान गरिएको थियो । यसै क्रममा सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रशिक्षण प्रदान गर्दै नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद साडारीले बीमालाई समेत माध्यम बनाएर सम्पत्ति शुद्धीकरण गर्ने गतिविधि बढ्न सक्ने भएकाले शंकास्पद गतिविधिको सुक्ष्म निगरानी, आवश्यक पहिचान तथा प्रचलित कानुनी व्यवस्थाको पालनामा बीमा व्यवसायमा संलग्न सबै पक्ष सचेत र सजग हुनुपर्ने धारणा राखे । यसै गरी कार्यक्रममा प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ता विभिन्न प्रयोगात्मक उदाहरण मार्फत एआई प्रविधिलाई बीमा व्यवसायसँग कसरी जोड्न सकिन्छ भन्नेबारे जानकारी गराउँदै ग्राहकसँगको सम्पर्क, सामग्री निर्माण, व्यवसायिक योजना, सूचना व्यवस्थापन लगायतका क्षेत्रमा एआईको उपयोग गर्न सकिने सम्भावना बारे प्रशिक्षण प्रदान गरे ।

    images
    images

    त्यसैगरी अर्का प्रशिक्षक संजोग कोइरालाले अहिलेको समय डिजिटल युग भएकाले डिजिटल माध्यमलाई प्रभावकारी रूपमा प्रयोग गर्न सके बीमा व्यवसाय विस्तारमा ठूलो लाभ लिन सकिने बताउनुभयो । डिजिटल प्लेटफर्म प्रयोग गर्दा प्रचलित कानुन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गरी सत्यतथ्य सूचना तथा स्वीकृत सामग्री मात्र सार्वजनिक गर्नुपर्ने, भ्रामक समाचार, गलत सूचना वा गलत भाष्य सिर्जना गर्ने कार्यबाट कानुनी जटिलता उत्पन्न हुन सक्ने तर्फ विशेष सजग रहनु पर्ने बताए ।विजयी अभिकर्ताहरुले चेयरपर्सन क्लबमा छनौट हुनका लागि वर्षभर निरन्तर मेहनत, अनुशासन, उत्कृष्ट व्यवसायिक प्रदर्शन आवश्यक पर्ने भएकाले यस कार्यक्रममा सहभागी हुनु गौरवको विषय भएको र वर्षभर गरेको मेहनतको परिणाम स्वरूप प्राप्त हुने सम्मानले अभिकर्ताहरुको परिश्रमले सार्थकता पाएको अनुभूति हुने बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend