काठमाडौं । घरायसी उपकरण ब्रान्ड बेकोले दसैँलाई लक्षित गर्दै ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ नामक विशेष योजना सार्वजनिक गरेको छ ।योजनाअन्तर्गत बेकोका रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एयर कन्डिसनर तथा फ्री स्ट्यान्डिङ ओभन खरिदमा विभिन्न उपहार, क्यासब्याक र किस्ताबन्दी सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, डिशवाशरमा दुईवटा वाशिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर तथा डबल डोर रेफ्रिजरेटर खरिदमा इलेक्ट्रिक केटल निःशुल्क उपलब्ध गराइनेछ । एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा पनि दिइने कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत ग्राहकले अधिकतम ३० हजार २०० रुपैयाँसम्म क्यासब्याक र शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा समेत पाउनेछन् ।कम्पनीका अनुसार बेकोका उत्पादनमा पार्ट्सको उपलब्धता तथा सर्भिसको सुनिश्चिततासँगै मोटरमा १२ वर्षसम्मको वारेन्टी दिइएको छ ।चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा बेकोका उत्पादन बिक्री गर्दै आएको छ । कम्पनीका उत्पादन नेपालभरका आधिकारिक डिलर, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत उपलब्ध रहेको जनाइएको छ ।यो दसैँ विशेष योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।




.gif)



