images

२०८३ आश्विन १५ गते

images
images
images

मंगलबारदेखि मण्डला थिएटरमा ‘श्री बिज्जो भूत’ मञ्चन

मंगलबारदेखि मण्डला थिएटरमा ‘श्री बिज्जो भूत’ मञ्चन

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरले नयाँ नाटक ‘श्री बिज्जो भूत’ मञ्चन गर्ने भएको छ । मंगलबारदेखि मञ्चन हुने नाटक मण्डला थिएटर–नेपाल र ‘सुवकाशा पिक्चर्स’को संयुक्त प्रस्तुतिमा मञ्चन हुन लागेको हो ।असोज २५ गतेसम्म नियमित प्रदर्शन हुनेछ । दिवस नाथको लेखन रहेको यस नाटकलाई चर्चित कलाकार बुद्धि तामाङ र निर्देशक आकाश नेपालीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । नाटकका निर्माता सोमनाथ खनाल रहेका छन् । नाटकमा को को कलाकारको अभिनय रहने अहिले गोप्य राखिएको छ ।

    images
    images

    ‘कथा सुदूरको...’ उप–शीर्षक दिइएको यस नाटकले सुदूरपश्चिम क्षेत्रको मौलिक परिवेश, स्थानीय परिवेश र सामाजिक विषयवस्तुलाई रङ्गमञ्चमार्फत दर्शकमाझ ल्याउन लागेको आयोजक टिमले जनाएको छ। नाटक सोमबार बाहेक हप्ताको ६ दिन नियमित साँझ ५ः३० बजे मञ्चन हुनेछ । साथै, दर्शकको चापलाई मध्यनजर गर्दै शनिबार र आइतबार भने दिउँसो १ः३० बजे अतिरिक्त ‘शो’ हुने मण्डला थियटरले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend