images

२०८३ आश्विन १५ गते

images
images
images
  • उर्जा
  • चिलिमेको सट्टा सोलु कोरिडोरका आयोजनाबाट ४०...

चिलिमेको सट्टा सोलु कोरिडोरका आयोजनाबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी

चिलिमेको सट्टा सोलु कोरिडोरका आयोजनाबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । भोटेकोशी बाढीका कारण चिलिमे जलविद्युत आयोजनाहरूमा क्षति पुगेपछि नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक आयोजनाहरूबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने प्रक्रिया अघि बढाएको छ ।नेपालबाट बंगलादेश विद्युत् निर्यातका लागि तय गरिएका त्रिशूली र चिलिमे जलविद्युत आयोजना क्षतिग्रस्त भए पनि सम्झौता कार्यान्वयनलाई निरन्तरता दिन प्राधिकरणले सोलु कोरिडोरका आयोजनाहरूलाई विकल्पको रूपमा अघि सारेको हो ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दिघार्यु कुमार श्रेष्ठका अनुसार बाढीले आयोजनाहरूमा क्षति पुर्‍याएपछि नियमअनुसार फोर्स मेजर (काबू बाहिरको परिस्थिति) घोषणा गरिएको भए पनि बंगलादेशतर्फको निर्यात नरोकिने स्पष्ट पारेका छन् ।

    images
    images

    ‘बंगलादेशको हकमा हामीले त्रिशूली र चिलिमेको गरी ४० मेगावाट बिजुली पठाउने सम्झौता गरेका थियौँ । ती दुवै आयोजना क्षतिग्रस्त भएपछि नियमअनुसार हामीले फोर्स मेजर घोषणा गरेका छौँ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘तर हामी निर्यात रोक्ने पक्षमा छैनौँ । ती दुई आयोजनाको सट्टा सोलु कोरिडोरका अपर सोलु लगायतका अन्य आयोजनाबाट ४० मेगावाट बिजुली पठाउने गरी तयारी अगाडि बढाएका छौँ ।’नेपालबाट भारतको बाटो हुँदै बंगलादेश बिजुली पठाउनुपर्ने भएकाले नयाँ वैकल्पिक आयोजनाहरूको स्वीकृतिका लागि भारतीय पक्षसँग पहल भइसकेको  उनको भनाई छ । कार्यकारी निर्देशक श्रेष्ठले ती वैकल्पिक आयोजनाबाट बिजुली पठाउन भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग छलफल भइसकेको र यो छिट्टै स्वीकृत विश्वास रहेको जानकारी दिए । बाढीपहिरोले भोटेकोशी कोरिडोरका जलविद्युत आयोजनाहरूमा क्षति पुर्‍याएपछि भारततर्फ भइरहेको समग्र विद्युत् निर्यातमा समेत असर परेको प्राधिकरणले जनाएको छ ।

    बाढी आउनुअघि नेपालले भारततर्फ दैनिक ८ सयदेखि १ हजार मेगावाटसम्म बिजुली निर्यात गरिरहेको थियो । तर प्रमुख आयोजनाहरूमा बाढीले क्षति पुर्‍याएपछि हाल निर्यात घटेर दैनिक ६०० देखि ७०० मेगावाटको हाराहारीमा झरेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend