images

२०८३ आश्विन १६ गते

images
images
images

सामसङले नेपाली बजारमा ल्यायो ‘ग्यालेक्सी एस२६एफई’

सामसङले नेपाली बजारमा ल्यायो ‘ग्यालेक्सी एस२६एफई’

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस२६एफई सार्वजनिक गरेको छ। वान यूआई ९ प्रणालीसहित बजारमा आएको यो पहिलो स्मार्टफोन हो।उच्च क्यामेरा प्रविधि र नयाँ ग्यालेक्सी एआई सुविधाहरू रहेको यो फोनले दैनिक फोटो खिच्ने, दृश्य बनाउने र सञ्चार गर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउनेछ। पातलो र हल्का डिजाइनमा तयार पारिएको यस फोनले S सिरिजको प्रिमियम अनुभवलाई कायम राखेको छ।ग्यालेक्सी एस२६एफई दैनिक जीवनमा हरेक सुविधाले अर्थपूर्ण फरक पारोस् भन्ने कुरालाई ध्यानमा राखेर तयार पारिएको सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स प्रणय रत्न स्थापितले बताए। यो फोनले ग्यालेक्सी एस सिरिजका विशेष सुविधाहरूलाई अझ धेरै ग्राहकसम्म पुर्‍याउने उनको भनाइ छ।

    images
    images

    यस स्मार्टफोनमा सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज प्रोसेसिङ क्षमता रहेको छ। यसमा नयाँ फोल्डेबल फोनहरूमा प्रयोग गरिएको माई फ्यान क्याम सुविधा दिइएको छ, जसले चुनिएको व्यक्तिलाई ट्र्याक गर्दै भिडियोको फ्रेम मिलाउँछ। भिडियो खिच्दा होरीजोन्टल लकसहितको सुपर स्टेडे प्रविधिले द्रुत गतिविधिलाई स्थिर बनाउँछ। ३ गुणा अप्टिकल जुम र नाइटोग्राफी सुविधाका कारण टाढाका तथा अँध्यारोमा खिचिएका फोटोहरू पनि स्पष्ट र विस्तृत आउँछन्।ग्यालेक्सी एस२५ सिरिजमा प्रयोग गरिएको नाउ ब्रिफ सुविधालाई यसमा थप व्यक्तिगत बनाइएको छ, जहाँ मौसम र स्वास्थ्यसम्बन्धी कार्डहरू आफूअनुकूल रोज्न वा बनाउन सकिन्छ।नेपाली बजारमा ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज क्षमताको यो फोनको मूल्य रु १,१९,९९९ तोकिएको छ। यो फोन Pistachio, Graphite र Blueberry रङमा उपलब्ध छ। सामसङले खरिदकर्ताका लागि रु ८,००० सम्मको एक्सचेन्ज बोनस र रु १८,३५१ मूल्यको ६ महिनाका लागि Google AI Pro Subscription निःशुल्क उपलब्ध गराएको छ।साथै, ग्राहकले मासिक रु ३,२५६ को २४ महिना वा मासिक रु ६,००० को १२ महिने शून्य प्रतिशत किस्ताबन्दी (ईएमआई) सुविधासमेत पाउनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend