काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको भन्दा आज सुनचाँदीको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार र चाँदी २० रुपैयाँले बढेको हो । आज सुनको मूल्य २ लाख ४८ हजार १०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुन तोलाको २ लाख ४६ हजार १०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले बढेर तोलाको ३ हजार २१५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य तोलामा ३ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।




.gif)



.gif)
