images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • आज पनि बढ्यो सुनचाँदीको मूल्य ,...

आज पनि बढ्यो सुनचाँदीको मूल्य , तोलाको कति पुग्यो ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य , तोलाको कति पुग्यो ?

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबार पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य ३ लाख ३ हजार १०० रुपैयाँ रहेको थियो । 

    images
    images

    आज चाँदीको मूल्य २० रुपैयाँले बढेर तोलाको ४ हजार ७९५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ७७५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend