images

२०८३ आश्विन १७ गते

images
images
images

ग्लोबल आइएमई लघुवित्तको खुद नाफामा वृद्धि

ग्लोबल आइएमई लघुवित्तको खुद नाफामा वृद्धि

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको ग्लोबल आइएमई लघुवित्तले वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    images
    images

    यस वर्षको त्रैमाससम्ममा लघुवित्तको खुद नाफा १९.०३ प्रतिशतले बढेर ४ करोड ४ लाख ७७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थियो ।

    खुद ब्याज आम्दानी भने ११.९६ प्रतिशतले घटेर १३ करोड ७१ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ। खुद ब्याज आम्दानीमा गिरावट आए पनि यसको इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफा बढेको हो । गत वर्ष ४ करोड ६९ लाख ४५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ६८ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ । 

    images
    images

    असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ छ। यस अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ १८ पैसाले बढेर २६ रुपैयाँ १६ पैसा पुगेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend