images

२०८३ आश्विन १५ गते

images
images
images

भदौमा पाँच अर्बको विद्युत् निर्यात

भदौमा पाँच अर्बको विद्युत् निर्यात

images
images
शनिवार, आश्विन ३ २०८३
शनिवार, आश्विन ३ २०८३
  • काठमाडौँ, ३ असोज । गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ ।
     
    नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो । द्विपक्षीय सम्झौता र विद्युत् बजार एक्सचेन्ज मार्केट मार्फत विद्युत् बिक्री गरिएको हो । 
     
    द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् रु तीन अर्ब ६४ करोडभन्दा बढीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यातबाट रु एक अर्ब ४४ करोड ९९ लाख आम्दानी भएको छ ।
     
    भोटेकोशी बाढीबाट चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको प्राधिकरणले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend