काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा बजारीकरण गर्ने सम्पूर्ण ग्यास उद्योगहरूलाई निगमले तोकेको साविककै मूल्य प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमा नबढाई ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको छ । संघले एक प्रेस विज्ञप्ति जारी गर्दै २०८३ असोज २ गते शुक्रबारदेखि लागू हुने गरी उक्त मूल्यमा ग्यास बिक्री वितरण गर्न र आफ्ना बिक्रेताहरूलाई सोही अनुसार जानकारी गराउन आग्रह गरेको हो।यसअघि भदाै १४ गते कृष्णभीर क्षेत्रमा त्रिशुली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको केही खण्ड कटान गरेपछि सडक अवरुद्ध भएको थियो।
सो अवस्थामा काठमाडौँ उपत्यकामा ग्यास बजारीकरण गर्ने उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगहरूमा सिलिण्डर रिफिल गरी ट्रकहरूमार्फत वैकल्पिक मार्गबाट ल्याएर एलपी ग्यास आपूर्ति गरिरहेका थिए। त्यसबेलाको सास्ती र बढी ढुवानी खर्चलाई मध्यनजर गर्दै संघले भाद्र १८ गतेको निर्णय अनुसार प्रतिसिलिण्डर साविक मूल्य २ हजार ६० मा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी जम्मा २ हजार १६५ रुपैयाँ ३८ पैसा नबढाई बिक्री वितरण गर्न अनुरोध गरेको थियो।





.gif)





