images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको टाइसिट...

दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको टाइसिट सार्वजनिक, २८ टोली सहभागी

दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको टाइसिट सार्वजनिक, २८ टोली सहभागी

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा हुन गइरहेको ‘दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप २०८३’ को टाइसिट ड्र सम्पन्न भई प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।काठमाडौंको कमलादीस्थित नेपाल अर्ग्यानिक फूडल्याण्डमा आयोजित कार्यक्रममा सहभागी बीमा कम्पनी तथा संस्थाहरूका प्रतिनिधिका माझ प्रारम्भिक चरणका खेलहरूको टाइसिट ड्र गरिएको हो। प्रतियोगिता आगामी असोज ३ गते सामाखुसी फुटसलमा सञ्चालन हुने तय भएको छ।

    images
    images

    प्रतियोगितामा नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर, नेको इन्स्योरेन्स, सानिमा जिआइसी, नेपाल लाइफ, सिटिजन लाइफ, नेपाल पुनर्बीमा कम्पनी तथा नेपाल बीमा प्राधिकरणसहित २८ टोलीको सहभागिता रहनेछ। नकआउट चरणको आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो खेल बिहान ८:०० बजे सुरु हुनेछ, जहाँ ग्राउन्ड १ मा मेट लाइफ र राष्ट्रिय बीमा कम्पनी तथा ग्राउन्ड २ मा हिमालयन एभरेष्ट ‘ए’ र नेपाल लाइफ इन्स्योरेन्स आमनेसामने हुनेछन्।यसैगरी प्रतियोगिताको आधिकारिक मोबाइल एप पार्टनरका रूपमा ‘एरेना प्रो’सँग सहकार्य गरिएको छ। खेलप्रेमी तथा सहभागीहरूले उक्त एपमार्फत खेलको तालिका, प्रत्यक्ष स्कोर तथा खेलसम्बन्धी सम्पूर्ण ताजा जानकारी लिन सक्नेछन्। यस प्रतियोगिताले बीमा क्षेत्रका संस्थाहरूबीच आपसी सम्बन्ध, सहकार्य तथा स्वस्थ प्रतिस्पर्धालाई थप मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend