images

२०८३ आश्विन २३ गते

images
images
images

साल्ट कर्पोरेसनद्वारा धनुषामा १८ करोड ६२ लाखको नुन बिक्री

साल्ट कर्पोरेसनद्वारा धनुषामा १८ करोड ६२ लाखको नुन बिक्री

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं ।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०–८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५  डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो ।

    images
    images

     कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा रु पाँच करोड २३ लाख मूल्य बराबरको नुन बिक्री गरेको छ । सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो । कार्यालयले दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ ।

    गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने सो सहुलियत दरको पसलबाट हालसम्ममा पाँच हजार छ सय प्याकेट नुन बिक्री गरेर रु दुई लाख ६१ हजार कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताए । 

    images
    images

    सहुलियत दरका सो पसलबाट रु २४ प्रतिप्याकेट तथा डिलरमार्फत रु २६ प्रतिप्याकेट नुन बिक्री भइरहेको बताइएको छ । यस्तै सो कार्यालयले रासायनिक मलको कारोबारसमेत गर्दै आएको प्रमुख साहले जानकारी दिए।रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend